कोपा अमेरिका–२०२४ समूह विभाजन : अर्जेन्टिना समूह ‘ए’ मा, ब्राजिल ‘डी’

काठमाडौं । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ संस्करण उत्तर अमेरिकामा हुँदैछ। यसपटक दक्षिण अमेरिकाका १० टिम र उत्तर अमेरिकाका ६ टिम गरी कुल १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा चार समूहमा प्रतिस्पर्धा हुनेछ।

साविक विजेता अर्जेन्टिनाले आगामी जुन २० मा प्लेअफ विजेता (क्यानडा र ट्रिनिडाड एन्ड टोबागो) विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । अर्जेन्टिना समूह ‘ए’ मा परेको छ । यो समूहमा साविक विजेतासँगै पेरु, चिली र उत्तर अमेरिकी छनोटको प्लेअफबाट आउने पाँचौँ टिम छन् ।

कोपा अमेरिका समूह विभाजन
समूह ‘ए’ : अर्जेन्टिना, पेरु, चिली, कोन्काकाफ प्लेअफ–५
समूह ‘बी’ : मेक्सिको, इक्वेडर, भेनेजुएला, जमैका
समूह ‘सी’ :अमेरिका, पानामा, उरुग्वे, बोलिभिया
समूह ‘डी’ : ब्राजिल, कोलम्बिया, पराग्वे, कोन्काकाप प्लेअफ–६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here