बिजुलीको तार चुँडिएर खस्दा किसानसहित गोरुको समेत मृत्यु

काठमाडौं । ११ हजार भोल्टेज रहेको बिजुलीको तार चुँडिएर खेतमा खस्दा रौतहटमा खेत जोतिरहेका किसान र गोरुको समेत मृत्यु भएको छ ।

माधवनारायण नगरपालिका ७ लौकहास्थित गहुँ छर्नका लागि खेत जोत्दै थिए ५५ वर्षीय किसान बैजुलाल पण्डित र गोरुको समेत मृत्यु भएको हो ।

बीच खेतमा करेन्ट लागेर किसान र गोरुको मृत्यु भएको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेको छ । घटनास्थलमा ठूलो संख्यामा गाउँलेहरू पुगेको तस्बिरमा देख्न सकिन्छ । घटना आज बिहान पोने १२ बजेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here