आज विश्वव्यापी लन्च हुँदै आइफोन ११, के छन् विशेषता ?

क्यालिफोर्निया, २४ भदौ । आइफोनका पारखीलाई आज उत्साहित बनाउने खबर छ । आइफोनको ११ औं सिरिज आज विश्वव्यापी लन्च हुँदैछ ।

आइफोन निर्माता कम्पनी एप्पलले सन् २०१२ यता लगातार सेप्टेम्बर महिनामा आयोजना गर्ने एक खास इभेन्टमा आइफोनको नयाँ भर्सन सार्वजनिक गर्दै आएको छ ।

यसपटक पनि मंगलबारका लागि स्पेशल इभन्ट आयोजना गरिएको छ । जहाँ आइटी पत्रकार तथा विशेषज्ञहरुलाई खास निम्तो दिइएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेअनुसार एप्पलले यस पटक आइफोनको नयाँ भर्सनसँगै म्याकबुक प्रो पनि सार्वजनिक गर्दैछ ।

स्मार्टफोन र ल्यापटपबाहेक एप्पलले यस दिने आफ्ना अन्य उत्पादन पनि सँगै सार्वजनिक गर्छ ।

यसमा घडी, टीभी, नयाँ नयाँ सफ्टवेयरहरु समावेश हुने गरेका छन् । नेपाली समय अनुसार राती पौने ११ बजेदेखि एप्पलको विशेष इभन्ट शुरु हुनेछ ।

अमेरिकाको क्यालिफोर्नियामा एप्पल पार्क नामक एक भब्य संरचना रहेको छ । जहाँ एप्पलको हेडक्वार्टर अवस्थित छ । यही रहेको स्टीभ जब्स थिएटरमा यो खास कार्यक्रम आयोजना हुँदै आएको छ । जहाँ यस दिनका लागि स्पेशल मिडिया इन्भाइट हुने गरेको छ ।

कस्तो हुने छ आइफोन ११

नयाँ मोडलको आइफोनलाई दिनका लागि एप्पलले अझै नाम सार्वजनिक गरेको छैन । यसलाई आइफोन ११ या आइफोन प्रो समेत भन्न सकिने छ ।

यसमा ट्रीपल लेन्स क्यामरा जडान गरिएको बताइएको छ । यसले निकै फराकिलो एंगलमा तस्वीरहरु लिन सहयोग पुग्नेछ ।

यस पटक वायरलेस चार्जिंग सुविधासहित स्मार्टफोन आउन सक्ने सम्भावना पनि मिडियाहरुले उल्लेख गरेका छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here