गौतम सचिवमा बढुवा, बाँकी छ कहाँ पुगे ?

काठमाडौं, ८ फागुन । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरेको छ ।

गत जेठपछिको प्रशासनमा ठूलो हेरफेरको क्रममा सरकारले गौतमको बढुवासँगै सात सचिवको सरुवा गरेको छ ।

खानेपानी मन्त्री विनामगरसँग ठाकठुक परेपछि सो मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मालाई खानेपानीमा पठाइएको छ ।

त्यसैगरी, पर्यटन सचिवलाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ भने उनको ठाउँमा खेलकुदकै मोहनकृष्ण सापकोटालाई ल्याइएको छ । सापकोटाले यसअघि पर्यटनमै सेवा गरिसकेका छन् ।

यसका साथै रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा र त्यहाँका रेश्मीराज पाण्डेलाई रक्षमा सरुवा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here