ग्लोबल आइएमई बैंकको स्टक ब्रोकरसम्बन्धी सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्युरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमका बीच कम्पनी उद्घाटन गरी टीएमएसमार्फत धितोपत्र खरिद सेवाको आरम्भ गरेका छन् ।

कार्यक्रममा ढकालले धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताए ।

त्यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने जिकिर गरे ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका सञ्चालकलगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीको उपस्थिति थियो ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारका लागि इजाजत प्राप्त यो कम्पनीको कार्यालय नयाँ बानेश्वरको शंखमुल मार्गमा छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको धितोपत्र दलाल सदस्य नम्बर ८९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here