७ सयले घट्यो सुनको भाउ, प्रतितोला ७१ हजारमा कारोबार

काठमाडौं, २४ भदौ । मंगलवार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेर ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

सोमवार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलवार ७ सय रुपैयाँले कमी आएको हो ।

तेजावी सुनको मूल्यमा पनि ७ सय रुपैयाँले कमी आएको छ । सोमबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलवार ७० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार ८ सय ७० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here