कोशीमा एमालेको अभियानलाई अवरोध गर्न खोज्ने ८ जना पक्राउ, सुरक्षा व्यवस्था कडा

काठमाडौं । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तेह्रौं दिन आज केपी ओली नेतृत्वको एमाले टोली कोशी प्रदेश प्रवेश गरेको छ ।

बाँकी ६ दिन एमालेले यही प्रदेशमा बिताउनेछ । कोशीमा एमालेको अभियानलाई अवरोध गर्न खोज्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा प्रहरीले जनाएको छ । अहिले सबैतिरको अवरोध हटाइसकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले गस्ति गरिरहेको र सुरक्षा अवस्था कडा पारिएको छ ।

एमालेको संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दसम्मका आन्दोलन घोषणा गरेपछि यहाँ सुरक्षा निगरानी बढाइएको छ ।

रामेछाप मन्थलीबाट हिँडेको टोली सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदैछ । हर्कपुरमा पनि मञ्च व्यवस्थापन भइसकेको छ । आज घुर्मीको सभा सकेर टोली खोटाङ सदरमुकाम दिक्तेल बास बस्नेछ ।

एमालेको केन्द्रीय टोलीमा अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायतका नेता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here