हिमालयले फेरि थाल्यो काठमाडौं–चोङकिङ उडान, ल्हासा पुस १२ गतेदेखि

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान फेरि सुरु गरेको छ। एयरलाइन्सले चीनको चोङकिङमा आजबाट फेरि उडान थालेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सले आज बिहान १०.०७ मिनेटमा चोङकिङका लागि उडान गरेको छ। उडान अवधि ३ घण्टा १४ मिनेटको हो।

जहाज चोङकिङको जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १५ः५० बजे अवतरण गर्ने छ। उडानमा १२५ यात्रु छन्।

जहाज चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्न ४ः२५ बजे काठमाडौंका लागि उड्नेछ। काठमाडौंमा साँझ ६ः३५ मा अवतरणको तालिका छ।

सातामा दुई पटक मंगलबार र शनिबार उडान गर्ने एयरलाइन्सले जनाएको छ। हिमालय एयरलाइन्सको चीनमा यो चौथो सिधा उडान हो। एयरलाइन्सले बेइजिङ, छिन्ताओ र सांघाईमा पनि नियमित उडान गर्दै आएको छ।

कम्पनीले चोङकिङमा यसअघि २०७५ कात्तिक १ मा उडान थालेकामा कोभिडले बन्द भएको थियो। त्यस्तै पछिल्लो समय धमाधम गन्तव्य विस्तार गरिरहेको हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको स्वशासित क्षेत्र ल्हासामा सिधा उडान गर्ने भएको छ ।

एयरलाइन्सले सो रुटमा डिसेम्बर २८ (पुस १२ गतेदेखि) व्यावसायिक उडान गर्ने भएको हो । गत सातादेखि चीनको साङ्घाई सहरमा सिधा उडान भरेको हिमालयले अब दुई सातापछि ल्हासा उडान गर्ने भएको हो ।

हिमालयनको यो चीनमा चौथो गन्तव्य हो । यसअघि चिङताओ, बेइजिङ र सांघाइमा नियमित उडान गरिरहेको छ ।

हिमालयनले हाल चीन, मलेसिया, यूएई, साउदी अरेबिया, कतार, कुवेत, बंगलादेश लगायत गन्तव्यमा नियमित उडान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here