भिजिट भिसाको सेटिङमा अध्यागमन र एयरलाइन्सकै कर्मचारी संलग्न, ३२ जना पक्राउ

काठमाडौं । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल एयरलाइन्सका दुई कर्मचारी र अध्यागमन कार्यालयका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अनिल यादव र होम पोखरेललाई अपराध कार्यालयबाट खटिएका टोलीले नियन्त्रणमा लिएका हुन् । पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अधिकृत, प्रहरी कर्मचारी, नेपाल एयरलाइन्सका कर्मचारी र ट्राभल एजेन्सी सञ्चालकहरु छन्।

भिजिट भिसामा पठाउनेसँग सेटिङमा मिलेर काम गरेको आरोपमा तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खाडी तथा युरोपेली मुलुक पठाउनेसँग सेटिङमा मिलेर काम गर्ने उजुरी परेको आधारमा नियन्त्रण लिएको कार्यालय प्रमुख सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

उनका अनुसार सेटिङ गरेबापत अध्यागमनका कर्मचारीले एकजनाको सेटिङ गरेबापत ४० देखि ५५ हजार रुपैयाँ लिने गरेका थिए ।

‘नयाँ मान्छे उड्ने भएमा ५५ हजार र पुरानो जानेमा ४० हजार रुपैयाँ लिने गरेका थिए कर्मचारीले,’ उनले भने,’ अध्यागमनमा पहिले नै उनीहरूको नाम पुगिसकेको हुने रहेछ । नाम आउनसाथ धेरै चेकजाँच नगर्ने रहेछन् ।‘

भिजिट भिसाका कागजात प्लस टु पास, बैंकमा २ लाख रुपैयाँ डिपोजिट र नक्कली पुलिस रिपोर्ट आवश्यक पर्छ । सेटिङ भएकाले सबै नक्कली कागजात भएका यात्रुहरूलाई एयरलाइन्स र अध्यागमनका कर्मचारीले सहजै जान दिने गरेको उनले बताए ।

एयरलाइन्सका कर्मचारीले एकजनाबापत १० देखि १५ हजार लिने गरेको अनुसन्धानबाट खुलेको राठौरले बताए । विभिन्न समयमा एजेन्टले भिजिट भिसामा नक्कली कागजपत्र बनाएर विदेश उडाउने गरेका थिए ।

क्कली कागजात बनाइ भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, नेपाल एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन्।

पक्राउ परेकामध्ये ९ जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान भइरहेको राठोरले बताए। यस्तै, १२ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये ८ जना भने धरौटीमा छुटिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here