गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा नेपालको मतदान, अमेरिकालगायत १० देश विपक्षमा

काठमाडौं । नेपालले गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावको पक्षमा नेपाल, भारत, चीनलगायत १५३ मुलुकले मतदान गरेको हो।

बहुमत देशले पक्षमा मतदान गरेपछि गजामा तत्काल युद्धविराम गर्ने राष्ट्रसंघको प्रस्ताव पारित भएको भएको छ। यसअघि गत अक्टोबर २८ मा पनि नेपालले गाजामा मानवीय सहायताका लागि युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो ।

अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० वटा देशले विपक्षमा मत दिएका छन् । गए राति भएको मतदानमा राष्ट्रसंघका एक सय ९३ सदस्य राष्ट्र सहभागिता जनाएका थिए । बेलायतसहित २३ देशले भने मतदानमै भाग लिएनन् ।

महासभाको आपत्कालीन सत्रमा पेस गरिएको यो प्रस्तावमा युद्धका कारण बन्दी बनाइएकाहरूलाई तत्काल र विनासर्त रिहा गर्न पनि माग गरिएको छ । नेपालबाट इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीलाई पनि हमासले बन्दी बनाएको छ ।

अक्टोबर ७ मा हमासले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो। त्यसदिन हमासले २६ देशका २३९ जनालाई बन्दी बनाएर गजा पुर्‍याएको थियो। बन्धक बनाइएकामा नेपालका विपिन जोशी पनि छन्।

नेपालका परराष्ट्रमन्त्री एनपी साउदले सोमबार कतारका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरी जोशीको रिहाइमा भूमिका खेलिदिन आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here