रास्वपाको महाधिवेशन प्रक्रिया शुरु, आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया आजदेखि शुरु भएको छ ।

आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालयले जनाएको छ ।

‘मंसिर ११, १२, १३ गते महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनसम्बन्धि कार्यविधि र सांगठनिक संरचना पारित गरेको थियो। रास्वपाले यसअघि वडा तहमा तदर्थ समिति बनाएको थियो। अहिले नयाँ प्रक्रियाद्वारा अधिवेशन गर्न लागिएको हो।

रास्वपाले मनोनीतसहित ११ सदस्यीय वडा समिति गठन गर्ने छ।

वडा समिति समावेशी चरित्रको हुन्छ। मंसिर २१ गतेसम्म रास्वपाको सदस्य बनेकाले चुन्ने र चुनिने प्रक्रियामा सहभागी हुन पाउने पनि रास्वपाले जानकारी दिएको छ। पहिलो चरणको वडा अधिवेशन खुला मतदानद्वारा हुने रास्वपाले बताएको छ।