घट्यो विदेश जानेको संख्या, एक लाख ३७ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ रहेको छ ।

यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । गत वर्षको यसै अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या एक लाख ९६ हजार ७३५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ८७ हजार ४२८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई रु.५२१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here