सेनाले माग्यो विभिन्न क्षेत्रमा १२५ कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न क्षेत्रमा रिक्त रहेका पदका लागि १ सय २५ जना कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।

शुक्रबार सूचना जारी गर्दै भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाई र विविध सेवामा रिक्त रहेका १२५ पदका लागि कर्मचारी आह्वान गरेको हो।

नर्सिङ सेवातर्फ १८ जना, मेडिकलतर्फ ३२, मर्मततर्फ १२, सैनिक ब्याण्डतर्फ १४ र अन्य विभिन्न क्षेत्रका कर्मचारीतर्फ ४२ जना कर्मचारी सेनाले मागेको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सेनाको केन्द्रिय भर्ना छनौट केन्द्र स्वयम्भूमा आगामी पुस २८ सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here