सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले महानगरका नाममा अन्तरिम आदेश जारी गरेको हो। श्रीराम टोबाको उद्योगसहित सुर्तीजन्य पदार्थसम्बन्धी व्यवसायीका पक्षबाट गत मंसिर २६ गते यो रिट दायर गरिएको थियो।

काठमाडौं महानगरपालिकाले जारी गरेको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउन वा निषेध गर्न सक्ने व्यवस्था छ। महानगरपालिकाले यो व्यवस्था मंसिर २८ देखि कार्यान्वयनमा ल्याएको थियो।

महानगर प्रहरीले यसको अनुगमन गरिरहेको थियो। सुर्ती, खैनी, गुट्खा, पानपरागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री–वितरण गरेको पाइए नगर प्रहरीले त्यस्ता सामान बरामद गर्न थालेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here