एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ यात्रा’ आज सकिँदै, ठाँउ-ठाँउमा अवरोधको प्रयास

काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन गरिँदैछ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ ।

आजको यात्रा १ सय १ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ ।

गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।

थरपुबाट च्याङ्थापु सडकखण्डकोबीचमा तार जोडिएको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको छ । नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्ने प्रयास स्वरूप त्यहाँ शङ्कास्पद वस्तु राखिएको हो । सुरक्षाकर्मीको टोली त्यहाँ खटिएको छ ।

थरपु-च्याङ्थापु सडकखण्डको मुसेपा खोला पुलमा राखिएको शंकास्पद वस्तु तर्साउन मात्रै राखिएको पुष्टि भएको छ । निवाभञ्ज्याङ जाने बाटोको पुलमा तार जोडिएको अवस्थामा राखिएको शङ्कास्पद वस्तु केही विस्पोटक नभएर तर्साउन मात्रै राखिएको सुरक्षाकर्मीले बताएका छन् ।

शंकास्पद वस्तु पुलमा भेटिएपछि यात्रामा रहेका एमाले नेताहरू सवार गाडी केही समय रोकिएका थिए । अहिले टोली त्यहाँबाट च्याङथापुका लागि हिँडिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here