एमालेले चिवाभन्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य फहराएर संकल्प यात्राको समापन गर्ने

काठमाडौं । एमाले नेता कार्यकर्ताहरुले चिवाभन्ज्याङको जंगे पिलरमा राष्ट्रिय झण्डा फहराएका छन् ।

आज छैटौँ राष्ट्रिय झण्डा दिवसका अवसरमा देशभरि विभिन्न कार्यक्रम आयोजना भइरहँदा संकल्प यात्रामा निस्किएको एमालेको टोलीका सदस्यहरू भने नेपालको पूर्वी सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएका हुन् ।

बैतडीको झुलालघाटबाट सुरु भएको नेकपा एमालेको संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन हुँदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिवाभन्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य फहराएर संकल्प यात्राको समापन गर्नेछन् ।

०७५ पुस १ गतेदेखि नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो । २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो ।

सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here