यसरी समापन गरियो एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा’ (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सकिएको छ । आज पाँचथरको चिवा भञ्ज्याङमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डा फहराएर सो अभियानको समापन गरेका हुन् ।

चिवा भञ्ज्याङमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन र फिदिममा आमसभापछि २१ दिनको उक्त यात्रा औपचारिक रुपमा समापन भएको हो ।

गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी छन् । चिवा भन्ज्याङमा एमाले अध्यक्षले सो अभियान समापन गरेको शिलालेखसमेत बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here