शाओमीले सार्वजनिक गर्यो एमआई एथ्री, सुरुवाती मूल्य २४ हजार

काठमाडौं, २४ भदौ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले सोमवार एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई एथ्री सार्वजनिक गरेको छ ।

एमआई एथ्री एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको कम्पनिको दाबी छ ।

२३ हजार ९ सय ९९ शुरुवाती मुल्य रहेको यस फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एमलीड सुपर डिसप्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रीपल क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर जस्ता विशेषताहरु रहेका बक्नीले बताएको छ ।

सबै एमआई ए सिरिज स्मार्टफोन जस्तै एमआई एथ्री गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा संचालित हुन्छ र यसमा एन्ड्रोइड ९ पाई पनि रहेको कम्नीले बताएको छ ।

फ्ल्यागसीप–लेबल ४८ एमपी एआई ट्रीपल क्यामेरा सेटअप

एन्ड्रोइड वानबाट संचालित प्रत्येक एमआई एथ्री सिरिज उपकरणले स्टीलर क्यामेराको अनुभव प्रदान गर्ने बताईएको छ ।

एमआई एथ्रीमा सोनीको ४८ एमपी आईएमएक्स ५८६ सेन्सर, ८ एमपी अल्ट्रा वाइड र २ एमपी डेप्थ् सेन्सर जस्ता विशेषताहरु रहेको छ ।

४८ एमपी ठुलो आधा–इन्च सेन्सरले इमेजको गुणस्तर कायम राखेर अधिकतम विवरण संकलन गर्ने अनुमति प्रदान गर्दछ ।

क्यामेराको अनुभव अझै बढाउन, एमआई एथ्री मा पहिलो पटक एमआई सिरिजमा शाओमीको लोकप्रिय स्टिडी ह्यान्डहेल्ड नाइट फ्रोटोग्राफी मोड राखिएको कम्पनीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here