चीनमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

एजेन्सी । चीनको उत्तरपश्चिमी क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पबाट १११ जनाको मृत्यु भएको छ। भूकम्पबाट २०० भन्दा बढी घाइते भएका बताइएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर–पश्चिम प्रान्त कान्सु केन्द्र भइ स्थानीय समयानुसार सोमबार राति ११:५९ बजेतिर ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको बताइएको छ। यस्तै, छिङहाइ प्रान्तमा ११ जनाको ज्यान गएको सिन्ह्वाले उल्लेख गरेको छ।

भूकम्पबाट निजी तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगेको छ। भूकम्पपछि पानी तथा बिजुलीको आपूर्ति ठप्प भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here