भूकम्प प्रभावितका लागि थप एक अर्ब निकासा

काठमाडौं । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले १ अर्ब रुपैयाँ निकासा गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये सोमबार ९३ रुपैयाँ करोड सम्बन्धित जिल्लामा पठाइएको छ । अर्थबाट निकासा भएको यो रकम पहिलो हो ।

गत कात्तिक २७ को मन्त्रिपरिषद्को निर्णयले रु १० अर्ब पठाउने निर्णय गरेको थियो । सोहीअन्तर्गत अर्थले रु १ अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले निकासा भएको रकम जाजरकोटमा रु ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड पठाइएको बताए । यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि रु १ अर्ब ४१ करोड पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माण जारी छ ।

पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ६० हजार ३३७ लाभग्राही कायम भएका छन् । १५ हजार सम्झौता भएकामा पहिलो किस्तावापत चार हजार ३६४ घर निर्माण भइसकेको छ । घर निर्माण र सम्झौता हुने क्रम दैनिक थपिरहेका जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here