‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालको तस्बिर दोस्रो स्थानमा

काठमाडौं । संयुक्त राष्ट्र खाद्य र कृषि संगठनले आयोजना गरेको ‘इन्टरनेसनल इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको छ।

विश्वका ५८ देशबाट पठाइएका झन्डै ८०० तस्बिरहरूमध्ये नेपालमा कोदो संरक्षणमा महिलाको भूमिका सम्बन्धी तस्बिर दोस्रो स्थानमा पर्न सफल भएको हो । उक्त प्रतियोगिता भने दक्षिण अफ्रिकाका फोटोग्राफर जोनाथन रिजले जितेका छन्।

बर्दघाट, नवलपरासी निवासी फोटोग्राफर राज अधिकारीले स्याङ्जादेखि पोखरा आउने क्रममा पुम्धिभुम्धिकी विष्णु माया बरालको कोदो काट्दै गरेको फोटो खिचेर प्रतियोगितामा सहभागी भएका थिए ।

सांस्कृतिक र पौष्टिक महत्वको नगदे बाली कोदो नेपाली ग्रामीण परिवेशमा अभिन्न अंग बनेको र कोदो संरक्षणमा महिलाको ठूलो भूमिका रहेको फोटोग्राफर अधिकारीले फोटो क्याप्सनमार्फत् बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here