शिवम् सिमेन्टको लाभांश घोषणा

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको पुस ३ गते बसेको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

कम्पनीले घोषणा गरेको यो लाभांश अघिल्लो आव २०७८/७९ को तुलनामा ४.४७ प्रतिशत विन्दुले धेरै हो । सो आवमा कम्पनीले १०.५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २७ गते आठौं वार्षिक साधरण सभा बोलाएको छ ।

कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस १९ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here