मिचेल स्टार्क आइपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी

एजेन्सी । आगामी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अष्ट्रेलिया टोलीका प्रभावशाली खेलाडी तीव्र गतिका बलर मिचेल स्टार्क कीर्तिमानी मूल्यमा कोलकाता पुगेका छन् ।

कोलकाताले स्टार्कलाई २४ करोड ७५ लाख भारु(झन्डै ४० करोड नेपाली रुपैयाँ) मा किनेको हो ।

यो आइपीएल इतिहासमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि एक घण्टा अघि मात्रै सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको थियो ।

जुन आइपीएल इतिहासकै सर्वाधिक मूल्य थियो । कमिन्स अघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । स्टार्कले कमिन्सको कीर्तिमान तोड्दै इतिहासमै सर्वाधिक मूल्य पाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here