काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । दिनप्रतिदिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । जाडोयाम भएकाले तापक्रममा फेरबदल भई चिसो क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्।
बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाको तथ्यांकमा उल्लेख छ ।
यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ । यो वर्ष यसअघि हिजो (मंगलबार) पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४.७, डडेलधुराको २.७, दिपायलको ३.५ डिग्री सेल्सियस मापन गरिएको छ ।