सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।

त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै बैठकमा सरकारका एक वर्षको कामकारबाहीको समीक्षा भएको शर्माले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here