एनबीआई र मुडिज एनालिटिक्सवीच सहकार्यका लागि सम्झौता

काठमाडौं, २४ भदौ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्यूट (एनबीआई) र मुडिज एनालिटिक्स बीच सहकार्यका लागि समझौतापत्रमा हस्थाक्षर भएको छ ।

सन् २००७ मा स्थापित मुडिज एनालिटिक्स विश्व प्रसिद्ध मुडिज कर्पोरेसनको सहायक कम्पनी हो । उक्त समझौता पत्रमा एनबिआईका तर्फबाट संजिब सुब्बा र मुडिजका तर्फबाट एरि लेहवीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्र हस्ताक्षर समारोहको अघि एनबिआईले मुडिज एनालिटिक्सको गुणस्तर सर्टिफिकेशन अपनाएर अझ राम्रो ऋण विश्लेषण तथा जोखिम व्यवस्थापन गर्ने सम्बन्धमा एक गोष्ठीको आयोजना गरेको थियो ।

उक्त गोष्ठीमा मुडिजका कार्यकारी निर्देशक एरि लेहवी र एफएसटीसी बिजनेश डेभलपमेण्टका निर्देशक प्रकाश करियाप्पाले कम्पनीले कसरी विश्वव्यापी रुपमा सफल ई–लर्निंग कोर्षहरु विकास गरेका छन र कसरी ती पारंपरिक शिक्षा पद्धतिबाट फरक छन् भन्ने बारे प्रस्तुति दिएका थिए ।

यो सम्झौताले नेपालमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिटसम्बन्धि ई–सर्टिफिकेसन कोर्षहरु उपलब्ध गर्नका लागि महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here