४.८ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको न्यूनतम तापक्रम, जाडो अझै बढ्ने

काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीका अनुसार काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।

आज बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here