भारतीय अटोमोवाइल मन्दीमा उबर र ओलालाई दोष, के नेपालमा पठाओ र टूटलले यस्तै बनाउला ?

काठमाडौं, २५ भदौ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले अटोमोवाइल क्षेत्रमा देखिएको मन्दिलाई उबर तथा ओलाजस्ता सेवा प्रदायकलाई जिम्मेवार ठहराएकी छिन् ।

युवाहरु नयाँ कार किन्नुको साटो ट्याक्सीका रुपमा उबर र उलाको प्रयोगमा आकर्षित भएपछि कारको बिक्रि घटेको उनको भनाई छ ।

मंगलबार पत्रकारसँको सत्क्षात्कारमा मन्त्री सीतारमणले युवाको मानसिकताका कारण अटोमोवाइल क्षेत्र प्रभावित हुन पुगेको प्रतिक्रिया दिइन् ।

गाडी खरीद गरी मासिक किस्ताको झण्झट उठाउनुको साटो आवश्यक पर्दा उबर र ओलालाई मन पराएपछि गाडी बिक्रि घटेको उनको तर्क रहेको छ ।

उनका अनुसार गाडी बिक्रिमा आएको मन्दीलाई केही हदसम्म घटाउन सरकारले आवश्यक पर्ने सरकारी कार्यालयलाई नयाँ गाडी किन्ने अनुमति दिइएको छ ।

मन्त्री सीतारमणको यो बयानप्रति विपक्षी कांग्रेसले भने आलोचना गरेको छ ।

बस, ट्रक तथा ठूला सवारी साधनको समेत बिक्रिमा आधा भन्दा बढीको मन्दी आएको भन्दै उबर र ओलालाई दोष दिएर सरकार उम्कन नमिल्ने कांग्रेसको भनाई रहेको छ ।

भातरमा सवारी उत्पादक कम्पनीहरुको संस्था सोसाइटी अफ इन्डियन अटोमोवाइल म्यानिफ्याक्चर्स (सियाम)का अनुसार अगस्ट महिनामा मात्र सबै प्रकारका सवारी साधनको बिक्रि समग्रमा ३१.५७ प्रतिशतले घटेको छ ।

त्यसमा पनि ठूला सवारी साधनको बिक्रि ४२ प्रतिशतले घटेको छ ।

भारतमा ओला र उबरजस्तै नेपालमा यात्रुको सुविधाका लागि पठाओ र टूटल संचालनमा छन् । यसले युवालाई सवारी साधन खरीद गर्नुको साटो आपतकालिन अवस्थासमेत तत्काल सेवा लिन सहज भएको छ ।

यी दुई सेवालाई सरकारले पुससम्म दर्ता प्रक्रियामा आउन समय दिएको छ । पठाओ र टूटलप्रति अटोमोवाइल व्यवसायी सकारात्मक छैनन् । किनकी यसले नेपालमा पनि सवारी साधनको बिक्रिमा नकारात्मक असर पार्न सक्ने उनीहरुको तर्क रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here