ऋण काढेर वैदेशिक रोजगारीमा जान्छन् ८० प्रतिशत नेपाली, फर्केर पनि तिर्न नसक्ने ४६ प्रतिशत

Photo: THT

काठमाडौं । ८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी सोसल साइन्स बहामार्फत गरेको अध्ययन अनुसार वैदेशिक रोजगारीमा जाने ७९.८ प्रतिशत नेपाली ऋण गरेर नै वैदेशिक रोजगारीमा जाने गरेको पाइएको हो ।

सन् २०१४ देखि २०२२ सम्म दर्ता भएका श्रमिकहरूसँग सम्बन्धित अध्ययनले यस्तो देखाएको हो। ऋण लिएकामध्ये लगभग ५० प्रतिशतले वैदेशिक रोजगारीबाट फर्केर पनि तिर्न नसकेको अवस्था अध्ययनले देखाएको छ।

रोजगारीबाट फर्केकाहरू थप आर्थिक जोखिममा रहेको देखिएको छ। त्यस्तै नेपाल फर्किएका आप्रवासी कामदारमध्ये ३७.६ प्रतिशत निर्वाहमुखी कृषिमा संलग्न भएको पाइएको छ । १७६.५ प्रतिशत भने बेरोजगार देखिएका छन् ।

९.२ प्रतिशतले मात्रै वैदेशिक रोजगारीबाट फर्किएपछि आफूले आर्जन गरेको सीप नेपालमा प्रयोग गर्न सकेको देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here