राष्ट्र बैंकमा रोजगारीको अवसर, विभिन्न पदमा कर्मचारी माग (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ । राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जनाका लागि दरखास्त आह्वान गरेको छ।

त्यस्तै सहायक द्वितीय श्रेणी अन्तर्गत कानुनतर्फ ४ जना र सूचना प्रविधितर्फ ११ जना कर्मचारी माग गरेको छ।अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here