घोराही सिमेन्टको लाभांश घोषणा

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिको पुस ५ गते बसेको बैठकले सेयरधनीलाई गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा दाङको घोराही उपमहानगरपालिका–१५, भरतपुरमा अवस्थित होटल पौवामा बिहान ९ बजे सुरु हुनेछ ।

लाभांश तथा साधरण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस १२ गतेसम्म कायम रहने सेयरधनीले सधारण सभामा भाग र प्रस्तावित लाभांश पाउने छन् ।

यस्तै, कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि एजेन्डाको रुपमा लैजाने भएको छ ।

कम्पनीले यसै वर्ष मात्र सर्वसाधरणमा सेयर (आइपीओ) जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here