टेलिकम, मुक्तिनाथ विकास बैंक र सपोर्ट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप ३ कम्पनीले लाभांश घोषणा गरेका छन् । शुक्रबार नेपाल टेलिकम, मुक्तिनाथ विकास बैंक र सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

तीनै कम्पनी संचालक समितिको मंसिर पुस ५ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् । नेपाल टेलिकमले गत वर्षको नाफबाट करसहित ४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

त्यसैगरी, मुक्तिनाथ विकास बैंकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद गरी कुल १०.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, सपोर्ट लघुवित्तले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

तीनै कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय र सम्बन्धित संस्थाको वार्षिक साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here