त्रिभुवन विमानस्थलबाट हुन्छ अर्बौंको व्यापार, भैरहवाभन्दा पोखराबाट आयात धेरै, निर्यात शून्य

काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको गौतमबुद्ध विमानस्थलबाट ५ महिनाको अवधिमा जम्मा ८ लाख रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको मंसिरसम्म सो विमानस्थलबाट ८ लाख ४२ रुपैयाँ बराबरको वस्तु आयात भएको हो । सोही अवधिमा यस विमानस्थलबाट निर्यात भने शून्य रहेको छ ।

संचालनमा आएको डेढ वर्ष बिते पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलबाट हुने व्यापार न्यून रहको छ । गाैतमबुद्धभन्दा पछि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यापार बढ्दो क्रममा रहेको देखिएको छ ।

चालु आवको ५ महिनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस विमानस्थलबाट पनि नियमित उडान नभए पनि चार्टर्ड उडान भइरहेकाले आयात बढेको हो ।

मुलुककै जेठो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने यस अवधिमा आधा खर्ब बढीको आयात भएको छ । विभागका अनुसार मंसिरसम्म यस विमानस्थलबाट ५७ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको ८.९५ प्रतिशत हो ।

यस्तै, सोही अवधिमा यस विमानस्थलबाट १५ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको २४.८४ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here