३० कित्तासम्म भर्ने सबैले पाए हिमालयन रि-इन्स्योरेन्सको आइपीओ

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार सेयर पाएका छन् भने गोलाप्रथाबाट २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात् ४० कित्ता सेयर पाएका छन् ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म प्रतिकित्ता २०६ रुपैयाँ (प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थपेर)दरले २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए । सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here