सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरिएको छ ।

उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको जनाएको छ ।

उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ ।

शाखाबाट मंसिर १९ गतेमा उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न सूचना प्रकाशन गरिएको थियो । उक्त सूचनाको बुँदा नं. ५ (च) मा सन् २०२३ भित्र अन्य क्षेत्रतर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकहरुले उत्पादनमूलक क्षेत्रमा फर्म भर्न नपाउने भनिएको थियो ।

त्यसविरुद्ध सन् २०२३ मा सिप बिल्डिङ क्षेत्रमा सामेल भएका आवेदकहरुमध्ये सुरज पाठकसमेत १८ जनाले सन् २०२३ मा आवेदन माग गरिएको उत्पादनमूलक क्षेत्रमा परीक्षा आवेदन फाराम भर्न पाउनुपर्ने माग राखी ईपीएस शाखा, वैदेशिक रोजगार विभाग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाई उच्च अदालत पाटनमा निवेदन पेस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here