उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल सम्मानित

काठमाडौं । बागलुङ महोत्सवका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् ।

महोत्सवको उद्घाटन समोरोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अध्यक्ष ढकाल सम्मानित भए । राष्ट्रपति पौडेलले अध्यक्ष ढकाललाई सम्मानपत्र प्रदान गरे ।

बागलुङमा जन्मेर निजी क्षेत्रको एक मात्र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको सफल नेतृत्व गर्नु भएको र आइएमई ग्रुपबाट उद्योग, पर्यटन, बैकिङ, उर्जा लगाएतका क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएकोमा अध्यक्ष ढकाललाई सम्मान गरिएको सातौँ बागलुङ महोत्सवका संयोजक नरेश कँडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here