ठेक्का अलपत्र पार्ने विदेशीसहित चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकार ठेक्का सम्झौता अनुसार काम नगर्ने थप चार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै एक भारतीयसहित चार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो । कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २ वर्षदेखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार भारतको पश्चिम बंगालको एमपी सितानी एन्ड सन्स, सुर्खेतको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सनलाई ३ वर्ष र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चरलाई २ वर्षका लागि कालोसूचीमा राखिएको हो ।

यी कम्पनीहरुलाई पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय, मध्यपहाडी राजमार्ग योजना कार्यालय कुश्मा र पाेखरा महानगरपालिकाको सिफारिसमा कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here