साताको चौंथो दिनपनि घट्यो नेप्से, ३४ करोडको कारोबार

काठमाडौं, २५ भदौ । लगातार ओरालो लाग्दै आएको शेयर बजार साताको चौंथो दिनपनि ओरालो लागेको छ ।

बुधवार नेप्से परिसूचक ३.४६ अंकले घटेर १ हजार १ सय ६३.२१ अंकमा झरेको छ ।

कारोबारमा आएका मध्ये सामुहीक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो ।

बुधवार सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक १.८० प्रतिशतले घट्यो ।

त्यस्तै, र्निजीवन बिमा समुहको १.०९ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार १ सय ७१ कम्पनीको १५ लाख ३ हजार ९ सय २८ कित्ता शेयर किनबेच हुँदा ३४ करोड १७ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै घलेम्दी हाइड्रो कम्पनीका शेयर धनीले कमाए । घलेम्दीको शेयर मूल्य ४.४१ प्रतिशतले बढ्यो ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ४.०४ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नबील इक्विटी फन्डका शेयर धनी हरेका छन् । इक्विटी फन्डको शेयर मूल्य ६.६९ प्रतिशतले घट्यो ।

त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ५.६९ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ५.१७ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार गर्नेमा सोल्टी होटल रहेको छ । होटलले ४ करोड ५५ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here