ओरालो लाग्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेर एक लाख २० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९ सय रूपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य एक हजार चार सय ५५ रूपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here