चुइँगम चपाउँदा सकियो नेपालीको ५ महिनामा २६ करोड

काठमाडौं । नेपालीको ५ महिनामा २६ करोड रुपैयाँ चुइँगम खाएरै सकिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइँगम आयात भएको हो ।

गत आर्थिक वर्षको यहि अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइँगम आयात भएको तथ्यांक छ । यो चालू वर्षको तुलनामा कम हो । तथ्यांकअनुसार भारतबाट २५ करोड ८९ लाख रुपैयाँको चुइँगम आयात भएको छ ।

यस्तै, अमेरिकबाट ८२ लाख २६ हजार रुपैयाँको आयात भएको छ । यस्तै, यसबाहेक अन्य दर्जन देशबाट समेत नेपालमा चुइँगम भित्रिने गरेको छ । नेपालमा चुइँगमका पारखी बढेपछि धेरै मुलुकबाट चुइँगम भित्रिन थालेको हो । बजारमा विभिन्न स्वादमा चुइँगम पाइने गर्छ ।

स्कुल/कलेजका विद्यार्थीदेखि चुरोट सेवन गर्नेसम्मको रोजाइ चुइँगम पर्ने गरेको छ। अल्छि लागेको समयमा स्फुर्ती ल्याउन पनि चुइँगम नै रोजाइमा पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here