काठमाडौंमा ‘तमु ल्होसार’ को रमझम (फोटोफिचर)

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आइतबार ल्होसार’ पर्व मनाएका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।

ल्होसारको दिन पूजापाठ, भोजभतेर, नाचगान तथा नाता कुटुम्बलाई भेटेर शुभकामना आदानप्रदान गरिन्छ । काठमाडौंमा बसोबास गर्ने तमु समुदायले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका छन् ।

जातिय भेषभुषा र पहिरन सहित काठमाडौंका बिभिन्न स्थानबाट निकालिएका साँस्कृतिक झाँकी टुँडिखेलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । शिरवन्दी, मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएकाहरु कार्यक्रममा सहभागी थिए ।


फोटो: Routine of Nepal banda वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here