विद्युत बक्यौता विवाद-‘उद्योगीले भने प्रयोग नै नगरेको बिजुलीको बिल तिर्न सक्दैनौं’

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपयोग गरेका भनिएका व्यापारीहरुले आफूहरुले प्रयोग नै नगरेको बिजुलीको बिल आएको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपयोग गरेका उद्योगको बिजुली काट्न थालेपछि व्यापारीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्योगी पशुपति मुरारकाले बिजुली प्रयोग गरेको प्रमाण प्राधिकरणले दिनुपर्ने अनिमात्र आफूहरुले पैसा तिर्न बताए।

‘बिजुली प्रयोग गरेको समयमा नै बिल पठाएको भए यो समस्या नै आउने थिएन। त्यो समयमा प्रयोग भएको र त्यो समयमा भएको बिलिङअनुसार कुनै पनि बक्यौता बाँकी छैन,’ उनले भने। ‘प्राधिकरणले हामीले बिजुली प्रयोग गरेको प्रमाण देखाउनुस, हामी तिर्न तयार छौँ, प्रमाण छैन भने बत्ती जोडी दिनुस, हामी उद्योग चलाउछौ’, मुरारकाले भने । डेडिकेटेट र ट्रङकलाइनको फर्जी बिल देखाएर उद्योगी ब्यवसायीलाई चोर करार गरिएको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here