भारतबाट बढेर आयो पेट्रोलको भाउ

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पद्धार्थको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले निगमलाई आइतबार नयाँ मूल्य सूची पठाएको हो ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलको भाउ थोरै बढेर आएको छ भने डिजेल र खाना पकाउने ग्यासको घटेर आएको छ । निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ४१ पैसा बढेर आएको छ भने डिजेलको १२ पैसा र खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर २० पैसा घटेर आएको छ ।

भारतबाट थोरै घट/बढ भएर आएकाले यसपटक मूल्य समायोजन नगरी पुरानै मूल्य यथावत राखिएको निगमले जनाएको छ

निगमका अनुसार काठमाडौमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेल १५७ रुपैयाँ छ । त्यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ छ । ग्यासमा प्रतिसिलिण्डर ३००.१४ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here