आजदेखि भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो, के के छन् विशेष ?

काठमाडौं, २५ भदौ । फर्निचर तथा फर्निसिङ एक्स्पोको सातौं संस्करण (फर्नेक्स २०१९) काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका हुन् । आजदेखि सुरु भएको एक्स्पो पाँच दिनसम्म चल्ने छ ।

एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले ४ लाख भन्दा धेरै मानिसहरुलाई रोजगारी प्रदान गर्दैै आएको फर्निसिङ क्षेत्रलाई सरकारले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

‘देशभर ४ लाख भन्दा धेरै रोजगारी प्रदान गरेको यो क्षेत्रलाई सरकारले विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘अब पनि सरकारले यो क्षेत्रमा ध्यान नपुर्याए दक्ष जनशक्ति विदेशिन बाध्य हुन्छन् ।’

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले आजबाट आयोजना भएको फर्नेक्स एक्स्पो कुनै अन्तराष्ट्रिय एक्स्पो भन्दा कम नभएको बताए ।

‘यति धेरै अभावको बीच पनि आजबाट सुरु भएको एक्स्पोमा धेरै कुराहरु समावेश छन्, यो एक्स्पो कुनै अन्तराष्ट्रिय एक्स्पोभन्दा कम छैन्,’ श्रेष्ठले भने ।

विशेष के के छन् एक्स्पोमा ?

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भएको एक्स्पोमा किचन, बेडरुम, बाथरुमका सामग्रीका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनिङ, मार्बल जस्ता सामग्री प्रदर्शन्मिा राखिएको छ ।

यसका साथै एक्स्पोमा कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेस, मेशिनरी औजारका साथै घर तथा अफिसका सम्पुर्ण सामग्रीहरु छन् ।

एक्स्पोमा स्वदेशी तथा विदेशी कम्पनीका गरी १ सय २० भन्दा धेरै स्टलहरु राखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here