फर्निचर एक्स्पोमा अनौठो सुत्ने कार, कति छ मुल्य ?

काठमाडौं, २५ भदौ । काठमाडौंमा बुधवारदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) सुरु भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सन् २०१२ देखि प्रत्येक वर्ष नियमित हुँदै आएको एक्स्पोमा किचन, बेडरुम, बाथरुमका सामग्रीका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनिङ, मार्बल, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेस, साथै घर तथा अफिसका सम्पुर्ण सामग्रीहरु राखिएका छन् ।

स्वदेशी तथा विदेशी कम्पनीका गरी १ सय २० भन्दा धेरै स्टलहरु रहेका एक्स्पोमा विभिन्न आकर्षक फर्निचरहरु राखिएका छन् । तर, एउटा अनौठो पलङले भने सबै आगन्तुकको ध्यान खिचेको छ ।

‘कार बेड’ नाम दिइएको उक्त पलङ झट्ट हेर्दा कार जस्तै छ । पलङमा ४ वटा पाङ्ग्रा पनि छन् ।

उक्त पलङलाई एक स्थानबाट अर्को स्थानमा सजिलै लान सकिन्छ ।

हेर्दा आर्कषक देखिने उक्त ‘कार बेड’को मूल्य भने वास्तविक कारको भन्दा धेरै कम छ । बिक्रेता कम्पनीले उक्त ‘कार बेड’को मुल्य मात्रै ४१ हजार ५ सय रुपैयाँ राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here