सशस्त्र प्रहरीमा भर्ना खुल्यो, इन्सपेक्टरदेखि परिचरसम्म माग (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) देखि विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।

सशस्त्र प्रहरीद्वारा माग भएका पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले पुस २० गते, शुक्रबारदेखि माघ २१ गतेसम्म आवेदन दिन पाउनेछन्। यस्तै, दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here