आन्तरिक उडानका समस्यालाई प्याकेजमै समाधान खोज्दै पर्यटन मन्त्री, समिति गठन

काठमाडौं, २६ भदौ । सरकारले आन्तरिक हवाई उडानमा रहेका समस्या समाधान गर्न उपायको खोजी थालेको छ ।

७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई सरकारले आन्तरिक हवाई उडानमा ५० प्रतिशत छूटको घोषणा गरेको थियो ।

त्यसको निजी क्षेत्रका व्यवसायीले विरोध गरिरहेका छन । तर, निजी व्यवसायीले पर्यटकसँग दोब्बर मूल्य लिने गरेका छन् ।

अर्कोतर्फ इन्धनको मूल्य नेपालमा करीव दोब्बर हुँदा व्यवसायी पनि मारमा छन् । यी सबै विषयको प्याकेजमा समाधान खोज्न समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा गठित समितिले ३० दिन भित्र आन्तरिक उडानमा रहेका समस्या समाधानको उपाय सरकारलाई दिने भएको छ ।

जेष्ठ नागरिकलाई छूटको व्यवस्थामा के गर्न सकिन्छ भन्नेबारे पनि यस समितिले सुझाव दिने भएको छ । समितिमा अर्थ र उद्योग मन्त्रालयका सहसचिव सदस्यका रुपमा राखिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स र वायुसेवा संचालकका प्रतिनिधिलाई समेत सदस्य तोकिएको छ ।

लेखाविज्ञ सौरश रिजाल पनि सदस्य तोकिएका छन् । मन्त्रालयका सहसचिवलाई सदस्य सचिव तोकिएको छ । समितिले अन्तर प्रदेश उडानको सम्भावनाका विषयमा पनि सुझाव दिने भएको छ ।

विदेशी वायुसेवा कम्पनीलाई नेपाल उडानमा आकर्षित गर्न समेत सरकारले योजना बनाइरहेको छ । किनकी निकट भविश्यमा संचालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थल संचालनको वातावरण बनाउने जिम्मेवारी पनि सरकार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here