त्रिविको उपकुलपतिका लागि पुन : दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर समितिले पुन: नयाँ सूचना जारी गरेको हो । इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here