उच्च अंकले बढ्यो नेप्से, सोनापुरको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३६.५७अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको हो ।

यसदिन ३०९ कम्पनीको ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँ बराबरको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये एकवटाको बाहेक सबै बढेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, माउन्टेन इजर्नीको १९ करोड , हाथवे इन्भेष्टमेन्ट साढे १६ करोड बढीको शेयर कारोबार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा पनि आज १० कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ४ कम्पनीको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर, समाज लघुवित्त, सामलिङ पावर, कालिका पावरको मूल्य १० प्रतिशत बढेको छ ।

तमोर हाइड्रोपावर, स्वाभिमान लघुवित्त, इनिफिनिटी लघुवित्त, मेन्छियाम हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here