नेप्से घट्ने क्रम रोकिएन, सातामा ३३ अंकले घट्यो

काठमाडौं, २६ भदौ । साताको अन्तिम दिन पनि शेयर बजारले सुधारको बाटो लिन सकेन ।

आइतबार र सोमबार दोहोरो अंकले घटेको शेयर बजार मंगलबार, बुधबार र बिहीबार पनि घट्यो ।

बिहीबार शेयरबजार परिसूचक नेप्से ५.३३ अंकले घटेर १ हजार १ सय ५७.८८ अंकमा झरेको छ ।

अघिल्लो साताको अन्त्यमा १ हजार १ सय ९१.०७ अंक रहेको नेप्से यो साताभर ३३.१८ अंकले घटेर १ हजार १ सय ५७.८९ अंकमा रोकिएको छ ।

बुधवार ०.७९ अंकले घटेको ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स बिहीवार ०.९८ प्रतिशतले घटेर २ सय ५३.७९ अंकमा झरेको छ ।

बिहीबार समग्रमा नेप्से ०.४६ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.३९ प्रतिशतले घट्यो ।

नेप्सेमा कमी आए पनि बिहीबार कारोबारमा भने केही सुधार आएको छ । बिहीवार १ सय ६८ कम्पनीको १५ लाख ५६ हजार ७ सय ९० कित्ता शेयर किनबेच हँुदा ३७ करोड ६१ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

यो रकम बुधबारको तुलनामा ४ करोड ४४ लाख रुपैयाँ बढी हो ।

बिहीबार सबै समूहको कारोबार ऋणात्मक रह्यो । वार सबैभन्दा धेरै होटल समूहको सूचक घट्यो । होटलको सूचक १.२९ प्रतिशतले घट्यो ।

त्यस्तै, जलविद्युतको ०.९७ प्रतिशत, अन्यको ०.८७ प्रतिशत, सामुहीक लगानी कोषको ०.७९ प्रतिशतले घटयो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बिहीबार सबैभन्दा धेरै कालिका पावर कम्पनीका शेयर धनीले कमाए । कालिका पावरको शेयर मूल्य ५ प्रतिशतले बढ्यो ।

त्यस्तै, एनआईसी एसिया ग्रोथ फन्डको ३.१४ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा अरुण भ्याली हाइड्रोपावरको शेयर धनी रहेका छन् । अरुण भ्यालीको शेयर मूल्य ६.७९ प्रतिशतले घट्यो ।

त्यस्तै, हिमालयन उर्जा विकास कम्पनीको ६.५० प्रतिशत, नेपाल इन्स्योरेन्स कम्पनीको ५.०१ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बिहीबार सबैभन्दा कारोबार गर्नेमा लक्ष्मी बैंक रहेको छ । बैंकले ४ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here